पूर्व राज्यमन्त्री संजय साहलाई ११ बर्ष कैद सजायको फैसला — OSNepal

पूर्व राज्यमन्त्री संजय साहलाई ११ बर्ष कैद सजायको फैसला

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

आज भन्दा नौ वर्ष अगाडी जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विष्फोट अभियुक्त ठहरिएका साहमाथि अदालतले यस्तो फैसला सुनाएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले साहलाई ११ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै भर्नामा बसेकालाई लक्षित गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा बम विस्फोट गराउँदा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर