रुखमा झुण्डिएको अवस्थामा आमा, छोरा र छोरीको शव फेला — OSNepal

रुखमा झुण्डिएको अवस्थामा आमा, छोरा र छोरीको शव फेला

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा जंगलमा फेला परेका छन् । जिल्लाको नगरपालिका २ चितीखोला बस्ने अन्दाजी २५ / २६ वर्षकी एक महिला र उनको पाँच वर्षीय छोरी र एक वर्षीय छोरा रातामाटाको जंगलमा सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानले बताए अनुसार अहिले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ । मृत फेला पर्नेमा आमा गायत्री सुनार, छोरी प्रकृति सुनारर छोरा सुशान्त सुनार रहेका छन् । प्रहरीले बताए अनुसार उनको श्रीमान् भने रोजगारीको शीलसीलामा भारतमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर