संविधान त !राष्ट्रपति र प्रधानमन्त्रीको 'प्रेमपत्र' लेखिएको डायरीजस्तो भयो : रामकुमारी झाँक्री — OSNepal

संविधान त !राष्ट्रपति र प्रधानमन्त्रीको ‘प्रेमपत्र’ लेखिएको डायरीजस्तो भयो : रामकुमारी झाँक्री

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । नेकपा एमाले पार्टीबाट निश्काषनमा परेकी नेतृ रामकुमारी झाँक्रीले अवैधानिक पार्टी र कमिटीले गरेको स्पष्टीकरणको जवाफ दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेकी छन् । आज बिहान एक कार्यकममा सहभागी भएकी नेत्रृले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

कार्यक्रममा झाक्रीले साना आयोजनादेखि ठूला आयोजनासम्ममा सेटिङमा भ्रष्टाचार गरेको छ । ठूला ठूला अपराध र कर्तुत गरेको छ । संविधानको बर्खिलाप गरेको छ । त्यस्ता व्यक्तिहरुलाई, त्यस्ता तत्वहरुलाई कारबाहीको माग गर्दै बाहिर आएका हामीहरुलाई उल्टै कारबाही गर्ने, निहत्था जनतालाई कारबाही गर्ने भनेको त एक हिसाबले भन्ने हो भने हामीलाई एमालेभित्रबाट कारबाही गर्ने भनेको हस्पिटलको इमर्जेन्सीमा अक्सिजन नपाएर, बेड नपाएर छटपटिएका जनतालाई मृत्युदण्डको सजाय सुनाएजस्तै भएको बताएकी छन् । जुन सरकार महामारीबाट जनता अस्पतालमा बेड नपाई छट्पटाउँदा कुर्सी तानातानमा लागेको छ त्यही सरकारले हामीलाई पार्टीबाट निष्काशन गर्ने उनले कार्यक्रममा प्रश्न गरेकी छन् ।

जो चाहीँ आँफै जनताको यस्तो दुःखमा, महामारीमा छटपटाईरहेको छ, के गर्न सकिन्छ भनेर रु लौन आजको प्राथमिकता चाहीँ कुर्सी होईन, सरकार परिवर्तन गर्ने पनि होईन, यी सबै काम थाँती राखेर जनता महामारीमा मरिरहेका छन्, औषधी पाएका छैनन्, खोप पाएका छैनन् । सिटामोल पाईँदैन् । अस्पतालमा बेड पाईँदैन् । अक्सिजन पाईँदैन् । हामीले सहनै नसकेर लौन यो महामारीमा जनतालाई केही गर, जनताको मासु नखाउ भनेर निकालिएको आवाज बन्द गर्न गरिएको कोशिस हो यो अवैधानिक र हावादारीमा गरिएको कारबाहीको केही पनि अर्थ छैन् ।

”उनले भनिन् । आफहरु लोकतन्त्र र न्यायको लागि लडेकाले यस्तो कारवाहीको कुनै अर्थ नभएको नेत्रृ झाँक्रीको तर्क रहेको छ । “संविधान त यस्तो भयो कि राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो । उहाँहरुले मनोमानी ढंगले च्यातचुत र तोडमरोड गरेर फेरि दोस्रो पटक संविधानमाथिको बलात् आक्रामण र संसद्को विघटनको ठाउँमा पुग्यो र यसलाई चाहीँ हामीले के भनेका छौं भने यो राजनीतिक हिसाबले केपी ओलीले गरेको आफ्नो आत्महत्या हो ।” उनले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर