काठमाडौँ-सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।
पञ्चपुरीले जित्यो कांक्रेविहार गोल्डकपको उपाधि-वीरेन्द्रनगरमा सम्पन्न कांक्रेविहार गोल्डकप फुटबलको उपाधि पञ्चपुरी नगरपालिकाले जितेको छ । आज भएको अन्तिम खेलमा पेनाल्टी सुट आउटमा वीरेन्द्रनगरलाई हराउँदै पञ्चपुरीले गोल्डकप उपाधि हात पा¥यो । पञ्चपुरीले ६–५ गोलअन्तरको जित निकालेको हो ।
निर्धारित ९० मिनेटको खेल एक–एक बराबरीमा सकिएपछि आइतबार पेनाल्टी हान्ने क्रममाविवादभई प्रतियोगिता स्थगित भएको थियो । पञ्चपुरीले भेरीगङ्गा, गुर्भाकोट नगरपालिकाको टिमलाई पाखा लगाउँदै वीरेन्द्रनगरसँग अन्तिम प्रतिष्पर्धा गरेको हो । वीरेन्द्रनगरले भने सिम्ता र चिंगाड गाउँपालिकाको टिमलाई हराउँदै उपाधि नजिक पुगेको थियो । गोल्डकप विजेता पञ्चपुरीले रु एक लाखनगदसहित ट्रफी तथा उपविजेता वीरेन्द्रनगरले रु ५० हजार पुरस्कार पाएका छन् । कांक्रेविहार युवा क्लब सुर्खेतद्वारा आयोजित यो अन्तर पालिकास्तरीय प्रतियोगिता हो ।