ओलीको भविष्यवाणी : अगामी निवार्चनमा सत्तारुढ पाँच दलीय गठबन्धनको लज्जास्पद हार हुन्छ — OSNepal

ओलीको भविष्यवाणी : अगामी निवार्चनमा सत्तारुढ पाँच दलीय गठबन्धनको लज्जास्पद हार हुन्छ

LC (KTM) November 01, 2021 0

चितवन १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई जनताका पक्षमा केही गर्नु नभएको बताएका छन् ।

सोमबार पार्टीको महाधिवेशनको लागि स्थलगत अवलोकत गर्न चितवन पुगेका ओलीले पाँच दलीय गठवन्धन परमादेशबाट आएको प्रतिक्रियावादी प्रतिगामी गठवन्धन हो भन्दै यस्तो बताएका हुन् ।

भरतपुर महानगर कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै ओलीले १० दल गठवन्धन गरे पनि अगामी चुनावमा एमालेलाई रोक्न नसक्ने समेत दावी गरेका छन् ।

देश बनाउने एमाले भएको जिकिर गरेका ओलीले कार्यक्रममा भने, ‘अन्य दल जनताको नजरमा एक तिहाई छाड्न पनि लायक छैनन्, किन जनताले उनीहरुलाई मत दिने ?’

साथै ओलीले एमालेलाई हराउनको लागि मात्र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी खोलिएको आरोप लगाएका छन् ।

आउँदो निवार्चनमा सत्तारुढ पाँच दलीय गठबन्धनको लज्जास्पद हार ओलीको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर