ओलीसँग कुरा मिलेपछि प्रभु साहको पहिलो सम्बोधन — OSNepal

ओलीसँग कुरा मिलेपछि प्रभु साहको पहिलो सम्बोधन

LC (KTM) November 01, 2021 0

चितवन, १५ कात्तिक-माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन् ।

माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन् ।

सोमबार चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गरेका हुन् । अध्यक्ष ओलीसहित सहभागी सो कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश दिएका छन् ।साहनिकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर