बहुमत नआउने भएपछि ६८ दिनमा नै दिए प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा — OSNepal

बहुमत नआउने भएपछि ६८ दिनमा नै दिए प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । अन्तत बहुमत नपुग्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा दिएका छन् । सोमबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन् ।

एमालेबाट मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज नियुक्त भएको ६८ दिनमा राजीनामा दिएका हुन् । सोमबार हुने भनिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मतदानमा हुनुअघि आचार्यले राजीनामा दिएका हुन् ।

४१ सांसदको समर्थन रहेको आचार्यलाई बहुमत ल्याउनको लागि ४७ प्रदेश सांसदको समर्थन चाहिने भएको थियो । एमाले विभाजन भएपछि अल्पमतमा परेका उनले बहुमत नआउने भएपनि आज राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर