धेरैको भाग्य निर्धारण हुने गरी फैसला गरेका प्रधानन्यायाधिशले अब आफ्नै फैसला लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुपर्छ — OSNepal

धेरैको भाग्य निर्धारण हुने गरी फैसला गरेका प्रधानन्यायाधिशले अब आफ्नै फैसला लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुपर्छ

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताएका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाईमा सोमबार सर्वोच्च अदालतको परिसरमा भएको विरोध प्रर्दशनमा अधिवक्ता कार्कीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले पत्रकारसँग कुरागर्दै भने , ‘सम्माननीय ज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’

जसलाई संविधानले, देशले पत्याएर त्यत्रो आसनमा पुर्‍यायो । उसले नै त्यो विश्वासलाई कायम राख्न नसकेको बताएका कार्कीले अघि भने, ‘सम्माननीय प्रधानन्यायाधीशले आफ्नो पदको गरिमा, आफ्नो सम्मान नै राख्न सक्नु भएन । यो हाम्रो ठहर छ । बडो दुःखद् ठहर छसक्नुभएन, जुन तपाईंहरुले केही दिनदेखि देखिरहनुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर