काठमाडौं १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीआज चितवन जाने भएका छन् । आउँदो मंसिरमा हुने पार्टीको दशौँ महाधिवेशनको आवश्यक तयारीका लागि चितवन जान लागेका हुन् ।
नारायणीको तिरमा अध्यक्ष ओलीबाट महाधिवशेनको उद्घाटन गरिने भएपनि बन्द सत्र भने सौराहको गर्ने भएको छ । तथापी सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रमको लागि ओली चितवन जान लागेको बताइएको छ ।
महाधिवेशनको स्थलको टुंगो लगाउन तथा उद्घाटन स्थलको निरिक्षण गर्न ओली आज चितवन जान लागेका हुन् । अध्यक्ष ओली दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ ।
बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा आएर चितवनमा सारिएको हो ।