माधव नेपाललाई गोकर्ण विष्टसहित यी ६ सांसदहरुले छाडे साथ — OSNepal

माधव नेपाललाई गोकर्ण विष्टसहित यी ६ सांसदहरुले छाडे साथ

LC (KTM) May 25, 2021 0

काठमाडौँ ११ जेठ । नेकपा एमालेको माधव नेपाल पक्षका ६ सांसदले नेपालको साथ छोडेका छन् । पहिलो पटक संसद विघटन भएदेखि नेपाललाई साथ दिँदै आएका यी सांसदहरुले पछिल्लो संसद विघटनमा भने साथ छोडेका हुन् ।

विपक्षी दलहरुसँग मिलेर कांग्रेसका सभापति शरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा नेपाल समुहका २६ सांसदहरुले हस्ताक्षर गरेका थिए र तर हिजो देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै संसद विघटन विरुद्ध तयार पारिएको रिटमा भने जम्मा २३ जना सांसदहरुले मात्र हस्ताक्षर गरेका छन् ।हिजो गोकर्ण विष्ट, गणेश पहाडी, राजबहादुर बुढा र पवित्रा निरौला खरेल हस्ताक्षर नगरी नेपालको साथ छोडिदिएका हुन् ।

यस अघि नै योगेश भट्टराई र कृष्णभक्त पोखरेल भने आफ्नै पार्टीलाई धोका नदिने भन्दै ओली तिर गइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर