काठमाडौँ १५ कात्तिक । आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।
नेपाल बार एशोसिएसनको अगुवाइमा हिजो आइतबारबाट सुरु भएको विरोध प्रदर्शनमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधिशको राजीनामा माग गर्दै कालो ब्यानर बोकेर उभिएका छन् ।
भोली मंगलबारसम्म पनि राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा समेत गर्ने बताएका छन् ।