अन्तिम अवस्थामा आएर नेता पाण्डेले भने- 'म व्यक्तिगत रुपमा राजीनामा दिने पक्षमा छैन्' — OSNepal

अन्तिम अवस्थामा आएर नेता पाण्डेले भने- ‘म व्यक्तिगत रुपमा राजीनामा दिने पक्षमा छैन्’

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले आफु व्यक्तिगत रुपमा राजीनामाको पक्षमा नभएको बताएका छन् । भोली सोमबार प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने भएपछि सामुहिक राजीनामा विषयमा अन्तिम निष्कर्ष निकाल्न जुटेको नेपाल समुहका नेता ाप०डे यस्तो बताएका हुन ।

उनले आफु राजीनामाको पक्षमा नभएपनि आफ्नो समुहको निणर्यलाई आत्मसाथ गर्ने बताएका छन् । अन्तिम अवस्थामा आएर नेपाल समुहका केहि नेताहरुले भने राजीनामा अन्तिम विकल्प नभएको भन्दै ओलीसँग निर्णायक वार्ता गर्न सुझाव दिएका छन् ।

सञ्चार कर्मीसँग कुरा गर्दै नेता पाण्डे भने ,‘म व्यक्तिगत रुपमा राजीनामा दिने पक्षमा छैन् । यसले समस्याको समाधान हुँदैन् । म त वास्तवमा अहिले पनि राजीनामा दिनुहुन्न पक्षको मान्छे हुँ । हिजोको बैठकमा म विरामी भएको कारण जान पाईनँ । तर, हाम्रो साथीहरुले सामूहिक रुपमा राजीनामा दिँदा मैले पनि त्यसमा विचार गर्नुपर्ने हुन्छ, टिम स्पिरिटको कुरा गर्दा राजीनामा त दिनैपर्यो । तर, यसले समस्याको समाधान हुँदैन् । तर म टिमले गरेको निर्णयलाई आत्मसात् गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर