काठमाडौं १४ कात्तिक । विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव राखेका छन् । आइतबार अपरान्ह्र ३ बजे भएको छलफलमा प्रधानन्यायाधीले यस्तो प्रस्ताव राखेो बताइएको हो ।
जवरासँग वार्ता गर्न सर्वोच्च अदालतका तीन न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा। मनोजकुमार शर्मा गएका थिए ।
उक्त छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन् । साथै छलफलमा सोमबारबाट बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको बताइएको छ ।