सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने सर्वोच्चको अन्तरिम आदेश — OSNepal

सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने सर्वोच्चको अन्तरिम आदेश

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै उक्त मुद्धा जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको छ ।

आइतबार बसेको जवराको इजलासले जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने आदेश दिएको हो ।

इजलासमा जवराले विपक्षीसँग लिखित जवाफको माग समेत गरेका छन् ।
उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट र महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि जवराले सुनुवाई गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर