बारको विरोधका बाबजुत पनि प्रधानन्यायाधीश जवरा इजलासमा बसे — OSNepal

बारको विरोधका बाबजुत पनि प्रधानन्यायाधीश जवरा इजलासमा बसे

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई इजलासमा नबस्न आग्रह गरेपनि जवरा आइतबार इजलास बसेका छन् ।

इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको बताइएको छ । न्यायालयको गरिमा राख्न नसकेको भन्दै जवराको राजीना माग गर्दै गर्दा जवराले भने १२ वटा पेशी समेत तोकेका छन् ।

सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट र महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि पनि पेशी तोकिएको छ ।

आज आइतबारबाट बारको अगुवाईमा जवरा विरुद्ध हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर