पछिल्लो २४ घण्टामा नेपालमा थप ४०८ जनामा संक्रमण , ५१८ जना संक्रमणमुक्त र ८ जनाको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा नेपालमा थप ४०८ जनामा संक्रमण , ५१८ जना संक्रमणमुक्त र ८ जनाको मृत्यु

LC (KTM) October 31, 2021 0

काठमाडौँ १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने ८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको दर ९७।४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर