बाढीले धानखेत बगर बनेपछि बाँकी रहेको धानका बाला सङ्कलन गर्दै कृषक — OSNepal

बाढीले धानखेत बगर बनेपछि बाँकी रहेको धानका बाला सङ्कलन गर्दै कृषक

LC (KTM) October 31, 2021 0

बेमौसमी वर्षासँग आएको बाढीले धानखेत बगरमा परिणत गरेपछि बाँकी रहेको धानका बाला सङ्कलन गर्दै तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका गणेशकुमारी सिंह ।

निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार-सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।

तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क अाँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिनुभयो ।

उहाँका अनुसार निःशुल्क अाँखा शिविरका साथै त्यहाँ आयोजना गरिएको कान शिविरबाट २०० को समेत उपचार गरिएको छ । सगरमाथा चौधरी अाँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले उक्त आँखा र कानको जाँच गर्नुभएको थियो । यसैबीच निःशुल्क अाँखा शिविरमा फेला परेका मोतिया विन्द भएकालाई निःशुल्क शल्यक्रियासमेत गरिने आयोजनक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर