काठमाडौं, १४ कात्तिक- बलिउड अभिनेत्री उर्मिला मातोंडकरलाई कोरोना संक्रमण भएको छ । उर्मिलाले आइतबार ट्विटरमार्फत आफूलाई कोरोना पजिटिभ भएको जानकारी दिएकी हुन् । उनले आफू होम क्वारिन्टिन्मा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको बताएकी छन् ।
उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका मान्छेहरूलाई कोरोना परीक्षण गराउनसमेत अपिल गरेकी छन् । तिहारको बेला भएकाले सुरक्षित तवरले पर्व मनाउन पनि उनले अपिल गरेकी छन् ।
एक समयकी चर्चित र सफल अभिनेत्री उर्मिला पछिल्लो समय फिल्म अभिनयमा सक्रिय छैनन् । यद्यपि, उनी सोसल मिडिया तथा टेलिभिजनतिर भने उनको सक्रियता कायमै देखिन्छिन् ।