अधिवक्ता शम्भु थापाको प्रश्न प्रधानन्यायाधीशलाई : न्यायापालिको संरक्षक नेपाल बारले राजीनामा माग्दा समेत नदिने तपाईं को हो ? — OSNepal

अधिवक्ता शम्भु थापाको प्रश्न प्रधानन्यायाधीशलाई : न्यायापालिको संरक्षक नेपाल बारले राजीनामा माग्दा समेत नदिने तपाईं को हो ?

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई प्रश्न गरेका छन् ।

बारले मागेको राजीनामा  अस्विकार गर्दै आएका प्रधानन्यायाधीशलाई  अधिवक्ता  थापाले  प्रश्न गरेका   हुन्  । उनले नेपाल बारले राजीनामा मागिसक्यो। बारले राजीनामा माग्दासमेत नदिने तपाईं को हो ?’ भन्दै  प्रश्न  गरेका   हुन्  ।

आइतबार बारले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले न्यायापालिको संरक्षक नेपाल बार नै भएको भन्दै न्यायालयको गरिमामा आँच आउने काम प्रधानन्यायाधीशबाट भएकोले राजीनामा मागिएको बताएका छन् ।

आज देखि सुरु भएको बारको विरोध प्रदर्शन तिन दिन सम्म हुने भएको छ । साथै बारले प्रधानन्यायाधिशलाई राजीनमा दिन पाँच दिनको समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर