टी-२० विश्वकप : १८ वर्षपछि न्युजिल्याण्डलाई हराउला त भारत ? — OSNepal

टी-२० विश्वकप : १८ वर्षपछि न्युजिल्याण्डलाई हराउला त भारत ?

LC (KTM) October 31, 2021 0

काठमाडौं – टी-२० विश्वकपको दोस्रो खेलमा भारतले आज न्युजिल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ ७ः४५ मा सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेका थिए ।

त्यसैले यो खेल एक हिसाबले क्वाटरफाइनल जस्तै बनेको छ । विजेता टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ भने हार्ने टोलीलाई अन्तिम चारमा पुग्न निकै कठिन हुनेछ । भारतले सन् २००३ यता न्युजिल्याण्डविरुद्ध कुनै पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन । यसकारण आज किवी टीमलाई हराएर भारत इतिहास लेख्न चाहन्छ ।

पछिल्लो एकदिवसीय विश्वकपको सेमिफाइनल (२०१९) र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल (२०२१) मा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । टी-२० विश्वकपमा दुवै टोली दुईपटक आमने सामने भएका छन् भने दुवैपटक न्युजिल्याण्डले जितेको छ ।

पाकिस्तानसँगको खेलमा न्युजिल्याण्डले पहिलो खेलमा ब्याटिङ अर्डरको प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर ४ जेम्स निशमले पाकिस्तानविरुद्ध खेलेनन् । यसले टोलीलाई चोट पुर्‍यायो । डेथ ओभर आइपुग्दा उनको क्रिजमा कुनै ठूलो फिनिसर थिएन । र हारको सामाना गर्नु परेको थियो ।

भारतका लागि हार्दिक पाण्ड्या फेरि खेलमा फर्किएका छन् । उनले चोटका कारण पाकिस्तानविरुद्ध फिल्डिङ गरेका थिएनन् । यससँगै कुनै एक बलरको दिन खराब भयो भने समस्या कम हुन्छ ।

न्युजिल्याण्डका अनुभवी खेलाडी मार्टिन गुप्टिलले बायाँ खुट्टाको औंलामा चोट लागेपछि पाकिस्तानविरुद्धको खेलमा फिल्डिङ गरेका थिएनन् । तर, भारतविरुद्ध उनले खेल्ने अपेक्षा गरिएको छ । जस कारण यी दुई टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर