पोखरा-पोखरा महानगरपालिका वडा नं. १६ र २० को सिमानामा पर्ने पस्मराङमा ल्यान्डफिल साइट बनाउनको लागि महानगरपालिका अगाडी बढ्दै गरेको भन्ने खबर प्राप्त हुन् साथ् यति बेला पोखरा महानगरपालिका वडा न २० का जनता आक्रोशित बनेका छन्।
नेपालकै गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्रास्ट्रिय विमानस्थल संचालन हुने मिति नजिकिए संगै पोखरामा रहेको ल्यान्डफिल साइट पनि अर्को स्थानमा व्यवस्थापन गर्नुपर्ने बाध्यतामा पोखरा महानगरपालिका रहेको छ। निर्माणधीन पोखरा विमानस्थल संचालनको लागि ल्यान्डफिल साइट सारेर चराहरुको बासस्थान परिवर्तन गर्नु पर्ने अवस्था रहेको बिज्ञ टोलीको भनाई रहेको छ।
कोरोनाको पहिलो लहरको समयमा पनि पोखरामा पहिलो पटक शव व्यवस्थापन गर्न खोज्दा पोखरा २० र ११ मा प्रहरीको बल प्रयोग गरेर शव व्यवस्थापन गरिएको थियो र त्यही क्रममा केहि जनता घाईते पनि भएका थिए। त्यस्तै केहि समय अगाडी पोखरा महानगरपालिका वडा न २० पस्मराङमा छाडा चौपाएहरु व्यवस्थापन गर्ने भनेर पोखराका सडकमा रहेका छाडा चौपायाहरुलाई महानगरपालिकाले यसै स्थानमा ५०० जति गाई गोरु लगेर छाडेको थियो।
महानगरको योजनाहरु देखि वाक्क परेका भालाम्बासीहरु बेला बेलामा विवादित बन्दै आएका थिए भने महानगरपालिका ए वडा बासीहरुको बिचमा बिभिन्न बिषयमा विवाद आएको थियो। अहिले पुन पस्मराङमा ल्यान्डफिल्ड साईड बनाउने बिषय विवादित बनेको छ।
त्यस्तै स्थानीय बासिन्दाले बुधबार महानगरपालिका घेराउ गरेका थिए । पोखरा २० का वडाध्यक्ष सिम गुरुङको संयोजकमा संघष समिति बनाएर स्थानीय विरोधमा उत्रिएका हुन् । संघर्स समितिले महानगरकी कार्यवाहक मेयर मञ्जुदेवी गुरुङलाई पस्मराङमा ल्यान्डफिल साइट बनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
असोज ५ गतेको महानगरको ५२ औंं कार्यपालिका बैठकले २० र १६ मा पर्ने पस्मराङमा ल्यान्डफिल साइट बनाउने निर्णय गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । समितिले ल्यान्डफिल साइट सार्ने विषयमा स्थानीय र जनप्रतिनिधिलाई सल्लाह नै नगरी कार्यपालिका बैठकमा प्रतिवेदन प्रस्तुत गरेको वडाध्यक्ष सिम गुरुङले बताए ।