पर्सामा भारतीयलाई चकलेट बाँडे जस्तै नागरिकता बाँडेको आरोप लागेपछि बोल्यो प्रशासन — OSNepal

पर्सामा भारतीयलाई चकलेट बाँडे जस्तै नागरिकता बाँडेको आरोप लागेपछि बोल्यो प्रशासन

LC (KTM) May 25, 2021 0

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले केपी ओलीले भारतीयहरुलाई नेपाली नागरिकता बाँडेको आरोप लगाएका छन् । नेता रावलको स्टाटस भाइरल बनेपछि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले प्रशासन कार्यालयबाट हाल नागकिरता वितरणको सेवा बन्द रहेको जानकारी दिए । कोरोना नियन्त्रणका लागि हाल प्रसासन र सरकारी सेवा सबै बन्द भएको अवस्थामा कसरी प्रशासन खुल्न सक्छ र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले प्रश्न गरेका छन् ।

नेता रावलले सामाजिक संजालमा स्टाटस लेख्दै नेता रावलले भनेका छन् वीरगजंमा नाकरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकी रु भन्ने प्रश्न गरेका थिए ।

नेता रावलले कोरोना महामारी नियन्त्रणका लागि लामो समयदेखि निषेधाज्ञामा रहेको पर्सामा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको बेला यसरी नागरिकता वितरण भएको रावलको ट्वीटरले हल्लीखल्ली नै मच्चयो । तर स्थानीय पत्रकारहरुले नेता रावलको ट्विटमा प्रतिक्रिया दिँदै नेता रवालले भनेको जस्तो अवस्था नभउको उल्लेख गरेका छन् । पत्रकार चन्द्र किशोरले रावलको स्टाटसले अफवाह फैलाएको समेत आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर