वीरगंजमा माछा व्यपार गर्न नपाएको भन्दै ब्यपारीले गरे प्रहरीलाई कुटपिट : ३ प्रहरी घाइते, १ गम्भिर — OSNepal

वीरगंजमा माछा व्यपार गर्न नपाएको भन्दै ब्यपारीले गरे प्रहरीलाई कुटपिट : ३ प्रहरी घाइते, १ गम्भिर

LC (KTM) May 25, 2021 0

काठमाडौँ । यतिबेलवा सिंगो देश नै निषेधाज्ञामा छ । कहीँ कतै निषेधाज्ञा अवज्ञा गर्नेहरुलाई प्रहरीले निजयन्त्रणमा लिइरहेको छ । तर कतिपय स्थानमा प्रहरी माथी नै जाइलागेका खबरहरु पनि आइरहेका छन् ।

वीरगंजमा जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन । घटना हो शुक्रबारको ।
साँझ व्यपारीको कुटपिटबाट प्रहरी जवान अरबिन्द कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएको वीरगंज प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहाको अवस्था गम्भिर बनेको छ ।

ब्यापारीको आक्रमणबाट घाईते प्रहरीको तराई हस्पिटलमा उपचार सुरु गरिएको छ । प्रहरीमाथी आक्रमण गर्नेहरु १०जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार साँझ प्रहरीले भिडभाड नगर्न व्यपारीलाई सम्झाउदा उल्टै उनीहरु प्रहरीमाथि ढुङ्गामुडा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर