नेपाल बार एशोसिएसको अगुवाईमा भएको विरोध प्रदर्शनमा कानून व्यवसायीहरु विभाजित — OSNepal

नेपाल बार एशोसिएसको अगुवाईमा भएको विरोध प्रदर्शनमा कानून व्यवसायीहरु विभाजित

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसको अगुवाईमा भएको विरोध प्रदर्शनमा कानून व्यवसायीहरु विभाजित भएका छन् ।

आज आइतबार देखि तिन दिन सम्म चल्ने विरोध प्रदर्शनमा हातमा कालो पट्टी बाँधेर कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध जनाएका हुन् । तथापी, केहि कानुन व्यवसायी भने प्रधानन्यायाशीधले राजीनामा दिनुपर्ने विषय नै नभएको भन्दै
प्रतिरोधात्मक विरोध प्रर्दशन गरेका छन् ।

सर्वोच्चको परिसरभित्रै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित पूर्व अध्यक्षहरु, पूर्व सभामुख दमननाथ ढंगाना देखि वामपन्थी नेता कमल कोइरालासम्म बाररको आन्दोलनमा सहभागी भएका छन् । केहि कानून व्यवसायीहरुले भने बारको प्रर्दशन गलत भएको भन्दै अर्को प्रर्दशन गरेका छन् ।

न्यायालयको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको
राजीनमा माग गर्दै आएको छ । कात्तिक १२ गते बसेको बारको बैठकले प्रधानन्यायाधिशलाई पाँच दिनको समय दिएको छ ।यो अवधिभर पनि राजीनमा नगरे देशव्यापी आन्दोलन समेत गर्ने बारको बैठकले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर