गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको त्रिवि शिक्षण अस्पतालमा निधन — OSNepal

गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको त्रिवि शिक्षण अस्पतालमा निधन

LC (KTM) May 25, 2021 0

काठमाडौं -गोली प्रहारबाट घाइते भएका कपिलवस्तुका माओवादी नेता दिपक पाण्डेको निधन भएको छ । गोली प्रहारबाट पाचँ दिन अघि गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । ल्याइएको एक घण्टामा नै सोमबार राति उनको ज्यान गएको हो ।

गत बुधबार राति तीन जनाको समूहले पाण्डे र एक भारतीय नागरिकमाथि गोली प्रहार गरेका थिए । भारतिय नागरिकको अबस्था भने सामान्य रहेको छ । पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।

पाण्डेको पेट र कम्मरमा २ वटा गोली लागेको थियो ।गोली हान्नेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली लाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर