कानुन व्यवसायीहरु गरे हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन, सुरक्षा व्यवस्थामा थप कडाइ — OSNepal

कानुन व्यवसायीहरु गरे हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन, सुरक्षा व्यवस्थामा थप कडाइ

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

तीन दिनसम्म चल्ने यो विरोध प्रदर्शन बिहान १० देखि ११बजे सम्म हुने भएको छ । सर्वोच्चमा भएको विरोध प्रदर्शनलाई ध्यानमा राखि त्यस वरपरको सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

सर्वोच्च अदालतमा परिचय पत्र जाँच गरेर मात्र कमर्चरीलाई प्रवेश दिइएको छ । न्यायालयको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनमा माग गर्दै आएको छ ।

कात्तिक १२ गते बसेको बारको बैठकले प्रधानन्यायाधिशलाई पााच दिनको समय दिएको छ ।यो अवधिभर पनि राजीनमा नगरे देशव्यापी आन्दोलन समेत गर्ने बारको बैठकले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर