मंसिर १३ कात्तिक – सप्तरीमा सडक निर्माणको कामले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सप्तरीका सडकहरू निर्माणको ठेक्का लिएका ठेकेदारलाई सडक निर्माण कार्य चाँडो सक्न निर्देशन दिएपछि सप्तरी जिल्लाको सडक निर्माणको कामले तीव्रता पाएको छ ।
राजविराज बलान सडकको निर्माण काम छिटोभन्दा छिटो सक्न कात्तिक २ गते निर्देशन दिएपछि उक्त सडकको पथ गरा चोकदेखि सडक निर्माणको काम सुरु भएको छ ।उक्त सडकमा पर्ने पुल निर्माणको कामसमेत सुरु भएको स्थानीयले बताए । सो सडकको निर्माणको सबै काम चैत मसान्तसम्म सक्ने मन्त्री यादवले निर्देशन दिएकी थिइन ।
त्यसैगरी मन्त्रीकै निर्देशनअनुसार हुलाकी सडक खण्डअन्तर्गत (अदालत रोड) को काम तीव्र गतिमा भइरहेको छ । यसैगरी राजविराज भलुवाही पुलदेखि तेतरी गाछिसम्मको सडकको कामले पनि गति लिएको छ ।वर्षौदेखि जीर्ण सडकका कारण सप्तरीवासीले सास्ती व्यहोर्दै आएका छन् ।