पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु — OSNepal

पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु

LC (KTM) October 30, 2021 0

लमजुङ, १३ कात्तिक -बेमौसमी वर्षापछिकाे पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ । २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियोे ।तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ । तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर-चामे-खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएकाे ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठेपुल निर्माण गरी आउजाउलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए । प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो ।

अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ । बाढीपहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगाायत १२ ठाउँमा क्षति पुर्‍याएकाे थियो ।सडक मर्मत गरिएपछि बेसीसहरदेखि मनाङ जाने सडक खुलेको डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । ६५ किलोमिटरको बेसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर