अष्ट्रेलियाका विश्वविद्यालहरुद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह — OSNepal

अष्ट्रेलियाका विश्वविद्यालहरुद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह

LC (KTM) May 25, 2021 0

क्यानबेरा- अष्टे«लियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना को महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन् ।

अष्ट्रेलियाले कोरोनाको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।

यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर