संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो कोरोना संक्रमण दर — OSNepal

संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो कोरोना संक्रमण दर

LC (KTM) May 25, 2021 0

काठमाडौँ-दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ । आज सोमबारको तुलनामा झण्डै २७ हजारले संक्रमित घटेका छन् ।लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ ।

यो सँगै भारतमा संक्रमितको संख्या २ करोड ६९ लाख ४७ हजार ४९६ पुगेको छ ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३ लाख ७ हजार २४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर