काठमाडौं २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदान गर्न जनता समाजवादी पार्टीले ह्रिप जारी नगर्ने भएको छ । आफ्नो इच्छाले पक्ष या विपक्षमा मतदान गर्न पाउने अधिकार सांसहरुलाई नै दिएको छ । आज बसेको जसपाको बैठकले यस्तो निणर्य गरेको हो ।
संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको निवासका बसेको बैठकले भट्टराई र उपेन्द्र यादवले भने विपक्षमा मतदान गर्ने बुझिएको छ । भोली सोमबार प्रधानमन्त्री ओलीलेसंसदमा विश्वासको मत लिने भएका छन् । १सय २१ सांसद रहेको ओलीलाई आफल्नो सरकार टिकाउन अझै १५ सांसद चाहिएकाले जसपा केहि सांसदहरुले भने पक्षमा मतदान गर्न सक्ने सम्भावना रहेको छ ।