एमालेको दशौँ महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने मितिको टुंगो लाग्यो — OSNepal

एमालेको दशौँ महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने मितिको टुंगो लाग्यो

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने मितिको टुंगो लागेको छ ।

शुक्रबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले आउँदो कात्तिक २८ गते प्रतिनिधिहरुको छनोट गर्ने निणर्य गरेको हो ।

स्थायी कमिटीले १ हजार ५३६ प्रतिनिधि सहभागी प्रस्ताव राखे पनि केन्द्रीय कमिटीमा नेताहरुको भने संख्या बढाउन माग गरिएको छ ।

आजको बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावललगायतले भूगोलबाट आउने प्रतिनिधिहरुको संख्या बढाउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर