पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५६९ जना संक्रमणमुक्त — OSNepal

पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५६९ जना संक्रमणमुक्त

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको ९ लाख ६ हजार ३२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा गरी ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् भने ६ जना संक्रमितको ज्यान गएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ३८८ जना पुगेको छ ।

कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर