मोरङ १२ कात्तिक । १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय जनक चौधरी रहेका छन् । चौधरीले बुधबार साँझ ति बालिकालाई यौन दुव्र्यहार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।