इरानसँगको आणविक सम्झौतामा चीनको अडानको तेहरानद्वारा प्रशंसा — OSNepal

इरानसँगको आणविक सम्झौतामा चीनको अडानको तेहरानद्वारा प्रशंसा

LC (KTM) May 25, 2021 0

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीसँग टेलिफोन वार्ता गर्नुभएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।दुई नेताबीच पारस्परिक समसामयिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक बिषयमा कुरा भएको राष्ट्रपति सीले बताउनुभएको छ ।

उहाँले चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवद्र्ध्धन गरेका छन् । यस वर्ष चीन र इरानबीचको सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव हो । चीनले इरानसँगको सम्बन्धलाई निकै जोड दिँदै इरानसँगको चौतर्फी रणनीतिक सहकार्यलाई निरन्तर प्रवद्धर््न गर्दै जाने विश्वास गरेको छ ।

इरानी राष्ट्रपति रौहानीका अनुसार इरानले एक चीनको नीतिलाई दृढ कायम राख्दै चीनसँग रणनीतिक सहयोग, अर्थ तथा व्यापार,ऊर्जास्रोत आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै जाने आशा गरेको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ भने बेइजिङसँगको सहकार्यमा एकपक्षीयतावाद र प्रभूत्ववादविरूद्ध उभिनेको विरोध गर्दै जाने बताएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर