तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने म केही व्यक्तिले राजीनामा माग्दैमा दिनेवाला छैन : प्रधानन्यायाधीश जवरा — OSNepal

तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने म केही व्यक्तिले राजीनामा माग्दैमा दिनेवाला छैन : प्रधानन्यायाधीश जवरा

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफुले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको दावी गरेका छन् । हिजो राति एक कार्यक्रममा सहभागी भएका प्रधानन्यायाधीश जवराले न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको भन्दै यस्तो दावी गरेका हुन् ।

‘पाँच जनाले मागेर राजीनामा दिएर मैले न्यायपालिकालाई अनाथ बनाएर भविष्यमा यही प्रवृत्ति दोहोरिने बाटो किन गर्नु रु यो मेरो कानमा पनि छैन, आँखामा पनि छैन, मस्तिष्कमा पनि छैन ।’ कार्यक्रममा उनले भने ।

कार्यक्रममा राजीनामाको विषयमा तपाईको विचार के छ भन्ने प्रश्नमा प्रधानन्यायाधीश जवराले आफु संविधानको विधि र प्रक्रिया बमोजिमको प्रधानन्यायाधीश भएको भन्दै उनले भनेका छन् , ‘ म कसैको निगाह र सहयोगमा भएको पक्कै होइन । संविधानले तय गरेको विधि र प्रक्रिया अनुसारको बहिर्गमन मलाई मञ्जुर छ तर सडकबाट जुन किसिमका प्रश्नहरु आइरहेका छन्, अस्तिमात्रै नेपाल बारले पनि यो निर्णय गर्यो भन्ने कुरा आइरहेको छ । हाम्रा सहयोगी न्यायाधीशहरुले पनि यो विचारधारा राखेर निकास दिनुपर्छ भन्ने कुरा आइरहेको छ । ‘

‘आफ्नो यो संविधान बचाउने दायित्व र कर्तव्य भएकोले आफु संविधानमा प्रतिवद्ध छु । यो संविधान मेरो सिरानी हो, यसमै रहेर सुत्नुपर्छ, उठ्नुपर्छ’ । उनले भनेका छन् ।

कार्यक्रममा पदमा लोभ छैन भने किन राजीनामा नदिने भन्ने प्रश्नमा जवराले भनेका छन्, ‘तीन करोडको प्रतिनिधित्व गर्छु । म संविधानको इमान्दार पदाधिकारी हुँ । संविधानले नै पदको सिर्जना गरेकाले त्यो संविधान विरुद्ध म जाउँला र रु संविधान विपरीत क्रिया भएको छ भने कुनै हालतमा (स्विकार गर्दिनँ) । त्यही प्रक्रियाबाट गलत सावित गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर