एएफसी यू २३ एसियन कप छनोटमा नेपालको हार यात्रा जारी नै रहेको छ । आज ताजिकिस्तान संग फेरी हारे संगै नेपालले प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । आज राती सम्पन्न खेलमा आयोजक ताजिकिस्तानसँग शुन्यका बिरुद्ध ६ गोल अन्तरको लज्जास्पद हार ब्यहोरेको हो । आजको यो पराजय संगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुखम्मादली अजिजबोएभ, भाख्दुत खानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल योगदान दिएका थिए ।
पहिलो हाफमा तीन तथा दोस्रो हाफमा तीन गोलको बर्षा नेपालको पोष्टमा ताजिकिस्तानले गरायो । छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग चार शुन्य गोल अन्तरले पराजित भएको थियो । ताजिकिस्तानको भने यो लगातार दोस्रो जित रहेको छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार सान्त्वना स्वरुप प्रतिष्पर्धा गर्नेछ ।