विगत ३० वर्ष देखि नृत्य प्रशिक्षकका रुपमा काम गर्दै आएका घिमिरे मानव बेचविखन गरेको अभियोगमा पक्राउ — OSNepal

विगत ३० वर्ष देखि नृत्य प्रशिक्षकका रुपमा काम गर्दै आएका घिमिरे मानव बेचविखन गरेको अभियोगमा पक्राउ

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । मानव बेचविखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका(१० बस्ने ५० वर्षीय बिश्वबन्धु घिमिरे रहेका छन् ।

विगत ३० वर्ष देखि विभिन्न नृत्य केन्द्रहरूमा नृत्य प्रशिक्षकका रुपमा काम गर्दै आएका घिमिरेमाथि आफैसँग नित्य सिक्ने १९ वर्षीया किशोरीलाई आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज शो मा महिनाको १ लाखदेखि ४ लाखसम्म कमाई हुने गरी लैजाने प्रलोभन देखाएको आरोप लागेको छ ।

उमेर नपुगेकोले जान नमिल्ने भन्दै २०७० फागुन ४ गते काकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलौर पुर्‍याई चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको अवस्थामा आफन्तले जानकारी गराएप्छि माइति नेपालको सहयोगमा उक्त किशोरीलाई नेपाल फिर्ता बोलाइएको थियो ।

उक्त पिडित किशोरी नेपाल आएपछि दिएकोा जाहेरीको आधारमा घिमिरेलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

निजउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुशन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर