सामाजिक सञ्जालकी चर्चित पात्र मध्ये एक हुन् उर्फी जाबेद । आफ्नो कामलाई लिएर कम तर फेशन र ड्रेसअपलाई लिएर सधै चर्चामा रहने गरेकी छिन् । उनले पछिल्लो समय आफ्नो युनिक फेशन स्टाइलका माध्यम बाट सबैको ध्यान आफु तिर खिच्न सफल भएकी छिन् उर्फी । उनको फेशनले जो कोहीलाई आकर्षित गर्ने गरेको छ । उनलाई यसो भन्दा गलत हुदैन कि ब्याकलेस टप अर्थात पछाडी अर्धनग्न ड्रेसको परिभाषा नै बदल दिएकी छिन् ।
इन्ष्टाग्राममा उनको ब्याकलेस ड्रेसले सधै चर्चा पाउने गरेको छ । त्यसो त उर्फी आफ्नो ड्रेसअपलाई लिएर सधै चर्चामा नै रहने गरेकी छिन् । पछिल्लो समय उनको झुकाव ब्याकलेस ड्रेसमा धेरै देख्न पाईने गरेको छ । कहिले उनी शर्ट ड्रेसमा ब्याकलेस स्टाइल दिन्छिन् त कहिले केसिक जिन्स तथा टपमा ब्याकलेस ट्राइ मारिरहेकी हुन्छिन् । उनले हरेक पटक आफ्नो लुक्समा परिवर्तन ल्याृन एकदमै नयाँ नयाँ तरिका खोजिरहेकी हुन्छिन् । उनले हरेक पटक आफुलाई नयाँ फेशन संगै सेक्सी र बोल्ड देखाउने प्रयास गरिरहेकी हुन्छिन् ।