महोत्तरी ११ कात्तिक । नेपाली र भारतीय जाली नोट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतो रहेका छन् ।
विशेष सुचनाको आधारमा लाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनको साथबाट नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको हो ।
उक्त स्थानबाट क्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मागान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको छ ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको बताएको छ ।