एएफसी यू २३ एसियन कप छनोटमा नेपालले लय पक्रन सकेको छैन । छनोटको दोस्रो खेलमा नेपाल अहिले घरेलु टिम ताजिकिस्तान संग प्रतिष्पर्धा गरिरहेको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफमै नेपालले नराम्रो झट्का ब्यहोरेको छ । पहिलो हाफको समाप्ति संगै नेपालको पोष्टमा ताजकिस्तानले ३ गोल हानिसकेको छ ।
छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग चार शुन्य गोल अन्तरले पराजित भएको थियो । आजको खेलमा नेपाल जसरी भए पनि जित निकाल्न चाहान्छ । तर पहिलो हाफमै ३ गोल खाएको नेपालले लय पक्रने संभावना रहेको छैन । आफ्नो पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।