केही दिनमै एमाले फुटेर नयाँ पार्टी घोषणा हुने दावी — OSNepal

केही दिनमै एमाले फुटेर नयाँ पार्टी घोषणा हुने दावी

LC (KTM) May 25, 2021 0

सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । सोमबार एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए ।

उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्यो । यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो । नागरिक दैनिकमा छापिएको छ ।‘अब औपचारिक घोषणा मात्रै हुन बाँकी छ, एमाले विभाजन भइसक्यो’, एमालेका एक नेताले भने, ‘केही दिनमै नयाँ पार्टी गठन हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर