आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक वर्ष कैद र पाँच लाख जरिवाना — OSNepal

आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक वर्ष कैद र पाँच लाख जरिवाना

LC (KTM) May 25, 2021 0

काठमाडौ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर