आर्यन खानको जमानत आज नभए १५ नोभेम्बर सम्म जेलमै रहने , मुम्बई हाइकोर्टमा सुनवाइ जारी — OSNepal

आर्यन खानको जमानत आज नभए १५ नोभेम्बर सम्म जेलमै रहने , मुम्बई हाइकोर्टमा सुनवाइ जारी

LC (KTM) October 27, 2021 0

सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको जमानत माथि मुम्बई हाईकोर्टमा सुनवाई जारी रहेको छ । कुनै पनि समयमा आर्यनको जमानत माथिको फैसला आउन सक्ने बताइएको छ । तर आर्यन खानलाई आउँदो तिहार अघि नै कोर्ट बाट जमानत मिल्न जरुरी रहेको छ । मुम्बई हाइकोर्टलाई आज देखी ३ भित्रमा जमानतको बिषयमा पैmसला सुनाउनु पर्नेछ ।

कोर्टलाई दिवाली ब्रेक भन्दा अगाडी नै फैसला सुनाउन जरुरी रहेको छ । यदि आर्यन खानलाई आज जमानत मिलेन भने १५ नोभेम्बर सम्म जेलमै बस्नु पर्ने हुन्छ । मुम्बई हाइकोर्टको दिवाली छुट्टी १ नोभेम्बर २०२१ देखी सुरु हुदैछ । ६ नोभेम्बर सम्म दिवाली अर्थात तिहारको बिदा हुन्छ । आर्यन खान २० दिन देखी मुम्बईको आर्थर रोड जेलमा रहेका छन् । सेशंस कोर्ट २ पटक सम्म आर्यन खानको जमानतको अपिल खारेज गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर