काठमाडौं १० कात्तिक । वाग्मती प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ ।
प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहिबार दिउँसो ३ बजे सम्म पदको लागि दावी गर्न आह्रान गरेका हुन् ।
तत्कालिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीको पदको लागि भोली दिउँसो सम्मको लागि समय दिइएको हो ।
अबको सरकार भने गठवन्धन दलबाट बन्ने निश्चित भएको छ ।