सहसेनानी श्वेता पौडेलको नेतृत्वमा कोरोना संक्रमित ब्यक्तिको शव व्यवस्थापनमा महिला सैनिक टोली पहिलो पक खटिए — OSNepal

सहसेनानी श्वेता पौडेलको नेतृत्वमा कोरोना संक्रमित ब्यक्तिको शव व्यवस्थापनमा महिला सैनिक टोली पहिलो पक खटिए

LC (KTM) May 24, 2021 0

काठमाडौँ– कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव ब्यबस्थापन नेपाली सेनाले गर्दै आएको छ । त्यो पनि पूरुष सेनाहरुले मात्रै । तर पछिल्ला दिनमा महिला सैनिक पनि शव व्यवस्थापनमा खटिन थालेका छन् । जसको पछिल्लाचे उदाहरण सल्यानमा देखियो । सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलको नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोली खटिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार जिल्लामा सङ्क्रमित मृतकका शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको हो । शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ श्ययाको आइसोलेशन निर्माण गरेर सबुज गणले उदाहरणीय र तारिफयोग्य काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर