अध्यक्ष ओलीलाई देउवाको जवाफ : परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने कुरा गैर जिम्मेवार हो — OSNepal

अध्यक्ष ओलीलाई देउवाको जवाफ : परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने कुरा गैर जिम्मेवार हो

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएका छन् । मंगलरबार अध्यक्ष ओलीले परमादेश सरकार बनाउने पाँच जना न्यायाधिशले राजीनामा दिनुपर्ने बताएका थिए ।

सोही विषयलाई लिएर प्रधानमन्त्री देउवाले आपत्ती जनाएका हुन् । बुधबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा सहभागी भएका देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति बताएका हुन् ।

‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ देउवाले भने । संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको बताएका देउवाले त्यसको विरोध नगर्न ओलीलाई सचेत समेत गराएका छन् ।

न्यायालय सम्बन्धमा जे उठेका सवालहरु बारे सरसल्लाह, छलफल गर्ने बताएका उनले अदालतबारे हामीले धेरै बोल्ने समेत स्पष्ट पारेका छन् ।

‘अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर