५ करोड ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टर केसी बानेश्वरबाट पक्राउ — OSNepal

५ करोड ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टर केसी बानेश्वरबाट पक्राउ

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । बैंकिङ कसुर मुद्धाको अभियोग लागेका पूर्व इन्स्पेक्टर बानेश्वरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसी रहेका छन् ।

केसी विरुद्ध पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले बैंकिङ कसुरको उजुर गरेका थिए । आफ्नो खातामा पर्याप्त रकम नभई जान्दा जान्दै पनि आफ्नो खाताको चेक काटी दिई ठगी गरेको आरोप केसी माथि लागेको छ ।

केसीले ५ करोड भन्दा बढीको ठगी गरेको आरोप लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारी लाई मात्र केसीले ४ करोड तिनुपर्ने प्रारम्भिक अनुशन्धानबाट खुल्न आएको छ ।

उनीमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर