घुन्सा गाउँका घर घरमा कोरोना जस्तै लक्षण भएका बिरामीको सङ्ख्या बढ्दै,अस्पताल पुग्नै तीन दिन लाग्ने — OSNepal

घुन्सा गाउँका घर घरमा कोरोना जस्तै लक्षण भएका बिरामीको सङ्ख्या बढ्दै,अस्पताल पुग्नै तीन दिन लाग्ने

LC (KTM) May 24, 2021 0

फुङ्लिङ, १० जेठ -ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही दिनदेखि कोरोना जस्तै लक्षण भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चमा अवस्थित घुन्सा गाउँमा दिनदिनै बिरामी हुन थालेको स्थानीयबासी पेमा शेर्पाले बताउनुभयो । “मेरो पनि आज देखि टाउँको र घाँटी दुख्न थालेको छ । कोरोनाजस्तै लक्षण छ तर परीक्षण कसैको गराइएको छैन् ।” उहाँले भन्नुयो ।

अर्का स्थानीयबासी टाँसी तेन्जीङ शेर्पाले “परीक्षण नगरी कोभिड–१९ भन्न नसकिए पनि धेरैको लक्षण उही भएको जनाउनुभयो । स्थानीयबासीमा रुघाखोकी, टाउको दुख्ने, छात्ती दुख्ने, ज्वारो आउने र बान्ता लाग्ने र पखाला लाग्ने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको घुन्सा स्वास्थ्य एकाइ कार्यालयका प्रमुख प्रविन राईले जानकारी दिनुभयो ।घुन्सा गाउँमा ५३ घर परिवार हिमाली शेर्पा समुदायको बसोबास छ । घुन्सा गाउँदेखि स्वास्थ्या चौंकी लेलेप पुग्न करीब दुई दिन पैदल यात्रा गर्नुपर्छ । ताप्लेजुङको जिल्ला अस्पतालमा पुग्न तीन दिन समय लाग्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर