नियन्त्रित लागूऔषधसहित मोहन कुमार बिच बाटैबाट पक्राउ — OSNepal

नियन्त्रित लागूऔषधसहित मोहन कुमार बिच बाटैबाट पक्राउ

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ९ बोतल विन्सिरेक्स र एकसय एमएलको १ सय ४ बोतल कोडीवेल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही , हरिवन नगरपालिका-६ बस्ने ४० वर्षीय मोहन कुमार अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उक्त लागु औषधसहित मोटरसाइकलमा सवार अधिकारीलाई पक्राउ गरेको हो ।

चालक मोटरसाइकल सहित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर